बादलको सांगीतिक जय हो


ब्युटी न्यूज नेपाल
काठमाडौं, २ कार्तिक

काठमाडौं । गायक बादल थापाको स्वर रहेको गीत ‘जय हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शिशिर जय खरेलको शब्द र संगीत तथा उदयराज पौडेलको एरेन्ज छ ।

भिडियोमा विजय बनिया, योगेश कार्की, सोनी घले, अनिशा तिवारी, मनिअल क्षेत्री, अनिल बस्नेत, प्रवेश गौचन, दोव्ज तामाङ, सिम्पल अधिकारी, सुनिल बस्नेत र अनिल बस्नेत फिचर्ड छन् ।

रोमान्टिक शैलीमा बनेको गीतमा अतुल सिंह ठकुरीको क्यामरा र निर्देशन रहेको छ भने गीतमा बिनय बनियाको कोरियोग्राफी छ । प्रताप शम्सेर रानाले निर्माण गरेको भिडियोमा अनिशा शर्मा र सोनी घलेको मेकअप तथा अभियान कलर रहेको छ ।