आज २९४२ जना सँक्रमित, कोरोनबाट थप १२ को मृत्यु 


ब्युटी न्युज नेपाल

काडमाडौं, २ कात्तिक

नेपालमा आज आईतबार २ हजार ९४२ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न ल्याबमा १४ हजार ८७५ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ९४२ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमितको कुल सँख्या १ लाख ३२ हजार २४६ जना पुगेको छ ।

 यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १ हजार ६९८ जनामा कोरोना पुष्टि भएको छ । जस मध्ये काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार यतीबेला विभिन्न आईसोलेसनमा ३९ हजार ३४१ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घन्टामा २ हजार ३२६ जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना मुक्त हुनेको सँख्या ९२ हजार १६६ पुगेको छ । हाल ४ हजार ८३१ क्वारेन्टिनमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १२ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७३९ पुगेको डा. गौतमले बताए ।