आज ३१६७ लाई कोरोना, काठमाडौं उपत्यकामा १७४६ थपिए 


ब्युटी न्युज नेपाल

काठमाडौं, १ कात्तिक

नेपालमा आज शुक्रबार ३ हजार १६७ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गोतमका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा १५ हजार ४३८ जनाको पिसिआर परीक्षण गरिएमा ३ हजार १६७ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख २९ हजार ३०४ पुगेको पनि डा. गौतमले बताए ।

यस्तै  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७४६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँका एक हजार ४५१, ललितपुरका १५२ तथा भक्तपुरका १४३ जना छन् ।

यस्तै नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको पनि डा. गौतमले बताए । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सँख्या ७२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८०० सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म ८९ हजार ८४० जना कोरोना भाइरसबाट मुक्त भएको पनि डा. गौतमले बताए ।

यस्तै डा. गौतमका अनुसार हाल देशभर ३८ हजार ७३७ सक्रिय सङ्क्रमित रहेका छन् । त्यसैगरी हाल ४ हजार ७१५ जना क्वारेन्टिनमा रहेका छन् ।