भुल्यौ कि मायालेमा एलिना र रुपक


ब्युटी न्यूज नेपाल
काठमाडौं, २९ असोज

 लामो समयदेखि पत्रकारितामा रहेका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले’ सार्वजनिक भएको छ । एलिना चौहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको संगीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो ।

यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ ।

गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल र निकिशालाई प्रस्तुत गरिएको छ भने तिनै बालबालिकाको युवावस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङलाई फिचरिङ गरिएको छ ।

नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयम्को रहेको छ । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको गीतको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ ।