आयो प्रदीप कँडेलको नयाँ दशैं तिहार गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असोज

नजिकिँदै गरेको दशैं तिहारलाई लक्षित गरेर नयाँ गीत दशैं आयो तिहारै आयो (पिरको भारी) बजारमा ल्याईएको छ । ब्युटी न्युज नेपालका सञ्चारकर्मी प्रदीप कँडेलले लेखेको यो गीतलाई नकुल चौलागाईं र मेलिना मौनालीले गायका छन् ।

यो गीतमा गीतकार प्रदीप कँडेलद्धारा कामको शिलशिलामा बाहिर रहेका एक नेपाली कामदार दशैंमा घर आउन नपाउँदाको पीडालाई व्यक्त गरिएको छ । दशैं तिहार आएपछि गाउँको रमझम र उल्लासलाई पनि यो गीतमा प्रस्तुत गरिएको छ । दशैंको टिका देखि तिहारको भाई टिकासम्मको प्रसँगलाई गीतमा निकै सान्दर्भिक रुपमा समेटिएको छ ।

गीतमा युवा युवतीको मायाँप्रेम पनि दर्शाईएको छ । सँयोग र वियोग दुबै भावमा यो गीत बनेको छ । नेपाली संस्कृतिलाई बान्की पारेर गीतमा उतार्न खप्पीस गीतकार प्रदीपले यसपटक पनि यो राम्रो गीत लेखेका छन् ।

यो गीतमा राजु आर्यालको संगीत रहेको छ । जसमा राकेश सोनीले संगीत संयोजन गरेका छन् । मालश्री स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो । यो गीतको भिडियो पनि त्यत्तिकै राम्रो बनेको छ ।

भिडियोलाई सलिना म्युजिकले निर्माण गरेर आफ्नो युट्युव च्यानलमार्फत रिलिज गरेको छ । यो गीतको भिडियोलाई निशान एसकेले निर्देशन गरेका हुन् । जसमा अश्विनी आचार्य, सागर सुनुवार, पुजन घिमिरे, मिरा राई, सृजना भट्टराई, कविता भट्टराई, भानुभक्त खनाललगायतको अभिनय छ । भिडियोलाई दीपक गिरीले छायाँकन र नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।