ब्युटी न्युज नेपाल

काठमाडौं, २७ असोज

रोज सिप विकाश तालिम केन्द्र, रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनकी अध्यक्ष, यस ब्युटी न्युज नेपालकी सल्लाहकार संरक्षक एवम्  बरिष्ट ब्युटिसियन सोनी कारंजित सम्मानित भएकी छिन् । शहरी विकाश राज्यमन्त्री रामबीर मानन्धरले काठमाडौंमा एक भव्य कार्यक्रमबीच सम्पन्न नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७ समारोहमा बरिष्ट ब्युटिसियन सोनी कारंजितलाई ‘राष्ट्रिय नारी सम्मान २०७७’बाट सम्मानित गरेका हुन् । चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, चर्चित निर्देशक कलाकार दिनेश डिसी सहितका अतिथिले फुलमाला लगाएर ताम्रपत्रद्धारा उनलाई सम्मानित गरेका हुन् ।

सो अवार्ड आयोजक संस्थाका अध्यक्ष एवम् सञ्चारकर्मी सूर्य चन्दका अनुसार बरिष्ट ब्युटिसियन सोनी कारंजितले यो दुईदशकमा रोज सिप विकाश तालिम केन्द्र, रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनबाट करिब १० हजार युवा युवतीलाई ब्युटिपार्लर, फेशन डिजाईन, मोवाईल मर्मत, गिफ्ट डिजाईन, सावुन निर्माण, चप्पल निर्माणसहित विभिन्न सिप सिकाएर स्वरोजगार बनाउँदै आत्म निर्भर तुल्याई यो क्षेत्रमा उल्लेख्य योगदान दिएका कारण उनलाई ‘राष्ट्रिय नारी सम्मान २०७७’बाट सम्मानित गरिएको हो ।

महिला उद्यमीसँगै सामाजिक सेवामा समेत निरन्तर उल्लेख्य योगदान पुर्याएको ठहर गर्दै उनको योगदानको कदर स्वरुप सो सम्मान गरिएको सम्मानका क्रममा सञ्चारकर्मी सरोज कोईरालाले बताए । यसरी आफ्नो क्षेत्रमा निरन्तर उल्लेख्य योगदान पुर्याएकी बरिष्ट ब्युटिसियनलाई विभिन्न संघ संस्थाबाट यस अघि धेरै पटक राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मानबाट सम्मानित गरिएको छ ।

बरिष्ट ब्युटिसियन सोनी कारंजितले आफ्नो योगदानको कदर स्वरुप सम्मान प्रदान गरिएकोमा आयोजक पक्षलाई धन्यबाद ज्ञापन गरेकी छिन् । यस्तो सम्मानले आफुलाई महिला उधमी र समाजसेवीको रुपमा अघि बढ्न झन प्रेरण मिल्दै आएको उनले बताएकी छिन् ।