आज ३५५६ जना सँक्रमित, कोरोनाबाट थप १८ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असोज

नेपालमा आज मँगलबार थप ३ हजार ५५६ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा १५ हजार ५७७ जनाको पिसिआर परीक्षण गरिएकोमा ३ हजार ५५६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कूल १ लाख १५ हजार ३५८ जना सँक्रमित भईसकेका छन् ।

यस्तै डा. गौतमका अनुसार नेपालमा २४ घण्टामा १ हजार ५०३ जना कोरोना मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको सँख्या ७८ हजार ७८० जना पुगेको छ ।

यस्तै यतीबेला मुलुकका विभिन्न आईसोलेसनमा ३५ हजार ९१५ जना कोरोनाको उपचाररत छन् । हाल ४ हजार ७९५ जना क्वारेन्टिनमा रहेको पनि उनले जानकारी गराए ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ६६३ जना पुगेको पनि डा. गौतमले बताएका छन् ।