नेपालमा आज ४०४७ जनामा कोरोना, काठमाडौंमै १८८८ सँक्रमित 


ब्युटी न्युज नेपाल

काठमाडौं, २६ असोज

नेपालमा आज सोमबार ४ हजार ४७ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १४ हजार ५३० जनाको पिसिआर परीक्षण गरिएकोमा ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कुल कोरोना सँक्रमितको सँख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार २८३ जनामा कोरोना पुष्टि भएको छ । डा. गौतमका अनुसार सँक्रमित मध्ये काठमाडौँमा १ हजार ८८८, भक्तपुरमा ११८ र ललिपुरमा २७७ जना रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनालाई जितेर घर फर्किएका छन् । यो सँगै कोरोनामुक्त भइ घर फर्किनेको सँख्या ७७ हजार २७७ पुगेको छ । हाल देशभर ३३ हजार ८८० जना विभिन्न आईसोलेसन सेन्टरमा उपचाररत छन् । यतीबेला देशका विभिन्न क्यारेन्टाईनमा ४ हजार ८३१ जना रहेका पनि डा. गौतमले बताए ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सँक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमा ७ पुरुष र २ जना महिला रहेका छन् । मृतक पुरुषहरुमा सुनसरीका ३ जना, काठमाडौंका २ जना, ललितपुरका १ जना र रुपन्देहीका १ जना रहेका छन् । मृतक महिलामा काठमाडौंकी १ जना र चितवनकी १ जना रहेका छन् । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।