कोरोनाबाट यो साता बिदेशमा थप १७ नेपालीको मृत्यु 


ब्युटी न्युज नेपाल

काठमाडौं, २५ असोज

विश्वव्यापी रुपमा महामारी बनिरहेको कोरोना भाइरस कोभिड १९ संक्रमणबाट यो साता विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ ।गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझसम्म युएईमा १ जना र  साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका विदेशमा विगत ९ महिनामा  नेपाल बाहेक १८ देशका २ सय ८१  जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझ सम्म ४२ देशका  ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन् । ती मध्ये  ३६ हजार ६ सय ७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् ।  संक्रमित नेपाली मध्य ८९ प्रतिशत कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।