डा. गोविन्द केसीले तोडे अनसन 


ब्युटी न्युज नेपाल

काठमाडौं, २५ असोज

बिगत २८औँ दिनदेखि अनशन बसेका डा. गोविन्द केसीले आज तोडेका छन् । डा. केसीलाई कोरोना संक्रमण भएर निको भएका त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडाएका थिए । अनशन टोडेपछि डा. केसीले पत्रकार सम्मेलनमा भने, ‘अनसनप्रति ऐक्यवद्धता जनाउने र सहयोगी सबैलाई धन्यवाद ।’

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डा. केसी र सरकारबीच शबिनार मध्यरातमा ८ बुँदे सहमति भएसँगै आइतबार अनशन टुँग्याएका हुन् ।

सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली र डा. केसीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले सरकारी र डा. केसी पक्षबीच निर्णायक वार्ता गराउन भूमिका निर्वाह गरेकी थिइन् ।

डा. केसीले ६ बुँदे माग राखेर २९ भदौमा जुम्लाको एक धर्मशालाबाट अनशन सुरु गरेका थिए । केसीलाई काठमाडौंमा ल्याएपछि शिक्षण अस्पतालमा अनशन बस्दै आएका थिए । डा. केसीको यो १९औँ अनशन हो । डा. केसीसँग आज भएका ८ बुँदा सहमती यस्तो छ ।