आज ५००८ सँक्रमित, थप १४ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ असोज,

आज शनिबार ५ हजार भन्दा बढीमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा यो आजसम्मकै सबैभन्दा बढी सँक्रमित सँख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गरिएको थियो । जसमा त्यसमा १ हजार ८२३ महिला र ३ हजार १८५ पुरुष गरी ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ ।

उपत्यकामा २ हजार ६७२ संक्रमित थपिए । नयाँ संक्रमिमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका छन् । उपत्यकाका २ हजार ६७२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका २ हजार १००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जना छन् ।

यस्तै मोरङका ३६९ जना, सुनसरीका ३९४, रुपन्देहीका २१५, चितवनका १४७, सुर्खेतका १३४, दाङका ९३ संक्रमित थपिएका छन् । तनहुँका ५५, मकवानपुरका ५४, कास्कीका ५१, झापा र सिन्धुलीका ४८र४८ जना, बाँकेका ४५, प्युठानका ४२, नुवाकोटका ४०, धादिङका ३८, पाल्पाका ३७, पर्सा र नवलपुरका ३६र३६ जना, काभ्रे र कैलालीका ३५र३५ जना, नवलपरासीका ३१, गोरखा २५, सर्लाही १९ तथा सिराहा र कञ्चनपुरका १८र१८ जनामा संक्रमण देखिएको छ ।

रौतहटका १७ जना, बाग्लुङ र सल्यानका १२र१२ जना, धनकुटा, धनुषा, महोत्तरी, र रुकुम पश्चिमका ११र११ जना, बारा, दैलेख र बझाङका १०र१० जना, संखुवासभाका ९, दोलखा, जुम्ला र बैतडीका ८र८ जना,म्याग्दी स्याङ्जाका ७र७ जना, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६र६ जना, ओखलढुंगा, रामेछाप र रोल्पाका ५र५ जना, इलाम, डडेलधुरा र डोटीका ४र४ जना, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३र३ जना, लमजुङ र रुकुम पूर्व २र२ जना तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १र१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म ७४ हजार २५२ जना संक्रमणमुक्त भएका छन् ।

देशभर ३० हजार ८१८ जना यतीबेला विभिन्न आईसोलेसन सेन्टरमा उपचाररत छन् । १७ हजार १६४ जना होम र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै कोरोना सँक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ६१४ जना पुगेको छ ।