ब्युटी न्युज नेपाल
काठमाडौं, २३ असोज
मिलन नेवार र राजनराज सिवाकोटीले आफ्नो स्वरमा नयाँ गीत ताल्चा लगाउनको भिडियो दर्शक स्रोता बीच ल्याएका छन् । शुक्रबार उनीहरुले ‘ताल्चा लगाउ’ गीतको भिडियो रिलिज गरेका हुन् ।
सो गीतमा गायिका मिलन नेवार र संगीतकार तथा गीतकार राजनराज सिवाकोटीको स्वर रहेको छ । निकै मार्मिक र मनछुने शब्द रहेको यो गीतले दर्शकको मन छुनेमा आफुहरु आशाबादी रहेको राजन र मिलनले बताएका छन् । गीतमा राजनराजकै शब्द तथा संगीत छ ।
राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउँ’को भिडियोमा गायिका मिलन, गायक राजनराज र दिनेश काफ्लेले अभिनय गरेका छन् । गायन र सँगीत सृजनामा अब्बल मानिएका राजनराज शिबाकोटी यो भिडियोमा अभिनय र नृत्यमा फित्तलो देखिएका छन् । आउँदा दिनमा आफुलाई सुधारेर मात्र उनले अभिनय र नृत्य गर्दा राम्रो हुन्छ । नत्र भिडियोमा सुन्दरतामा फेरी बाधा पुग्नेछ । यो गीतको भिडियोमा नृत्य निर्देशन सुमन नेवारले गरेका छन् ।