भोटो ताल्छामा ६ युवतीसँग शिशिरको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असोज

गायिका रचना रिमाल र शँकर दाहालको स्वरमा नयाँ गीत भोटे ताल्चा…बजारमा आएको छ । गीतलाई बिपिन आचार्यले सँगीतबद्ध गरेका हुन् । दिपकराज पाठकको शव्दमा भोटे ताल्चा बोलको गीत तयार भएको हो ।

गीतको भिडियोमा सञ्चारकर्मी कलाकार शिशिर भण्डारीका साथमा नवप्रवेशी ६ जना मोडलहरुको एकसाथ अभिनय रहेको छ । गीतमा हालको साँगीतक बजारको बिकृतिलाई पनि समेटिएको छ । गीतमा स्मृति श्रेष्ठ, एलिशाा श्रेष्ठ, श्रद्धा गौतम, सँचिता पाँचकोटी, आकंक्षा तामाङ र सबिता रानाको पनि अभिनय रहेको छ ।

लक्ष्मण अिधकारीको पनि अभिनय रहेको गीतलाई सुन्दर लोकेशनमा ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् । भिडियोमा नृत्य र निर्देशन सन्तोष राजबहाकको रहेको छ । गीतलाई डिन्सन शाहले सम्पादन गरेका हुन् ।