ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असोज
पछिल्लो समय अभिनेता सलोन बस्नेत पनि म्युजिक भिडियोमा छाएका छन् । उनले आफ्नै प्रोडक्सन हाउस ’प्रफेक्ट प्लान’बाट नयाँ म्युजिक भिडियोको छायाङ्कन सम्पन्न गरेका छन् । यो भिडियोमा सलोन र गायिका स्मिता दाहालले अभिनय गरेका छन् ।
सार्वजनिक हुन लागेको यो नयाँ गीतमा गायिका स्मिता दाहालको स्वर रहेको छ । राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ । शिशिर खातीको निर्देशन रहेको यस गीतको भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको छ ।
भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ । भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् । मंगहो लगानीका तयार भएको भिडियो चाडै रिलिज गरिने सलोन बताउँछन् ।