ब्युटी न्युज नेपाल
काठमाडौं, २१ असोज

आज बुधबार नेपालमा थप ३ हजार ४३९ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । नेपालमा एक दिनमा अहिलेसम्मकै सबैभन्दा बढी सँक्रमित भएको यो नै पहिलो रेकर्ड हो । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १४ हजार २०९ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ४३९ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरस सँक्रमितको सँख्या ९४ हजार २५३ पुगेको छ ।

सँक्रमित मध्य काठमाडौँ उपत्यकामा आज १ हजार ५३१ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा १ हजार २९६ जना, भक्तपुरमा ९५ जना र ललिपुरमा २९३ जनामा कोरोना सँक्रमण भएको हो । पछिल्लो २४ घण्टामा १ हजार १२६ जना सँक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै हालसम्म ६८ हजार ६६८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताए ।

यतीबेला मुलुकका विभिन्न आईसोलेसन सेन्टरमा २५ हजार ७ जना सक्रिय सँक्रमित उपचाररत छन् । यस्तै हाल ४ हजार १६४ जना क्वारेन्टिनमा रहेको पनि डा. गौतमले बताए ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ५ पुरुष र १० जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७८ पुगेको पनि डा. गौतमले बताए ।