हरिवँश आचार्य दम्पत्तिलाई कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ असोज

यतीबेला काठमाडौं उपत्यकामा कोरोना सँक्रमण निकै बढेको छ । कोरोनाबाट सर्वसाधारण देखि ठुला सेलीब्रेटी समेत सँक्रमित भएका छन् । यसै क्रममा अग्रज हास्यव्यँग्य अभिनेता हरिबँश आचार्यले आफु र श्रीमती रमिला आचार्यलाई कोरोना सँक्रमण पुष्टी भएको बताएका छन् ।

हास्य अभिनेता हरिबँश आचार्यले आफुलाई कोरोना सँक्रमण भएको समाचार मँगलबार सामाजिक सञ्जालबाट सार्वजनिक गर्दा उनीसँग सम्पर्कमा आएकाहरु अहिले आफ्नो स्वाव परिक्षण गर्नतर्फ लागेका छन् । नायक प्रदीप खड्का, निर्माता सन्तोष सेन देखि थुप्रै सिनेकर्मीहरु यो बीचमा हरिबँश आचार्यको निकट थिए ।

बरिष्ट हास्यब्यँग्य अभिनेता हरिबँश आचार्यले आफुहरुलाई सोमबार नै कोरोना सँक्रमण पुष्टी भएको भए पनि मँगलबार मात्र सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् । यो अवधिमा आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परिक्षण गर्न पनि अभिनेता आचार्यले सल्लाह दिएका छन् । कोरोनाको रिपोर्ट नआउँदासम्म गृह आईसोलेसनमा बस्न पनि उनले सुझाब दिएका छन् ।

आचार्यको सल्लाहलाई मान्दै अहिले अभिनेता प्रदीप खडकाले आफु आईसोलेसनमा बस्न थालेका बताएका छन् । हालै मात्र नयाँ फिल्म ‘हुतुतु’ को स्क्रिप्ट लेखनमा आचार्यसँग प्रदीप खड्का पनि बसेका थिए । सो चलचित्रका लेखक अभिमन्यू निरवी, निर्माता सन्तोष सेनलगायत पनि आईसोलेसनमा बसेका छन् ।

बरिष्ट हास्यब्यँग्य अभिनेता हरिबँश आचार्यले आफ्नो स्वास्थ्य अबस्थाबारे जानकारी गराउँदै फेसबुकमा लेखेका छन्,‘यहाँहरुको माया, आर्शिवाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’

आचार्यका अनुसार उनलाई केही दिन यताबाट सामान्य लक्षण देखिएपछि सोमवार पिसिआर परीक्षण गराएका हुन् । परिक्षणको क्रममा आफु र पत्नी रमिलाको रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् । बुधबार यो समाचार तयार पर्दासम्म आफ्नो स्वास्थ्यमा त्यस्तो ठुलो असर नदेखिएको पनि आचार्यले बताएका छन् । कलाकार आचार्यले फेसबुकको माध्यमबाट आफूहरुलाई कोरोना संक्रमण भएको जनाएपछि शुभचिन्तकहरुले सिघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।