भिडियोमा आयो राष्ट्रिय गीत ‘जाग युवा हो…’


ब्युटी न्युज नेपाल
काठमाडौं, २० असोज

राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘जाग युवा हो…’ को भिडियो सार्वजनिक भएको छ । प्रताप दासको स्वरमा रहेका यो गीतमा इन्दु दनुवारको शब्द, सुरज लामिछानेको संगीत रहेको छ ।

भिडियोलो यादव पुडासैनीले निर्देशन गरेका हुन् । जसमा नारायण रिजालको कोरियोग्राफी छ । गीतको भिडियोमा दीलिप रायमाझी, इन्दु दनुवार, बालकलाकार आस्तिक रिजालको अभिनय छ ।

गीतले राष्ट्रियताका विषयमा अब युवहरू जाग्नु पर्ने सन्देश दिएको छ । सुरेश बज्राचार्यको छायाँकन रहेको गीतको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन छ ।