आज १५५१ जनामा कोरोना, थप ९ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौँ, २० असोज

आज मँगलबार नेपालमा १ हजार ५५१ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको हुनेको सँख्या ९० हजार ८१४ जना पुगेको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५५१ जनामा कोरोना सँक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार १७ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । जसमा काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना सँक्रमणबाट मुक्त भई घर फर्किएका छन् । यो सँगै हालसम्म ६७ हजार ५४२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताए ।

हाल देशभर २२ हजार ७०९ जना विभिन्न आईसोलेसन सेन्टरमा उपचाररत छन् । यतीबेला देशका विभिन्न क्वारेन्टाईनमा ४ हजार २२१ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमा ४ जना महिला र ५ जना पुरुष छन् । मृतक महिलामा काठमाडौंका २ जना, ललितपुरका १ जना, नवलपरासी पूर्वका १ जना रहेका छन् । यस्तै मृतक पुरुषहरुमा ललितपुरका २ जना, चीतवनका १ जना, सुनसरीको १ जना र तेह्रथुमका १ जना रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको सँख्या ५६३ पुगेको छ ।