आज नेपालमा २४४० जनामा कोरोना, सँक्रमणबाट थप १९ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ असोज

आज सोमबार नेपालमा २ हजार ४४० जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार ७८१ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ४४० जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८९ हजार २६३ पुगेको छ ।

यस्तै डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १ आज ५३१ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ११७८, भक्तपुरमा १०३ र ललिपुरमा २५० जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार १३३ जना कोरोना सँक्रमण मुक्त भएर घर फर्किएको पनि डा. गौतमले बताए । योसँगै हालसम्म नेपालमा ६५ हजार २०२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । यस्तै डा. गौतमका अनुसार विभिन्न आईसोलसनमा अहिले २३ हजार ५०७ जना उपचाररत छन् । हाल ४ हजार ३३ जना संक्रमित क्वारेन्टिनमा रहेको पनि डा. गौतमले बताए ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सँक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । मृतकमा १४ जना पुरुष र ५ जना महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसको सँक्रमणबाट मृत्यु हुनेको सँख्या ५५४ जना पुगेको छ ।