लक्ष्मीपूजाको टिजर आयो


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असोज

चलचित्र ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक भएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको टिजर सस्पेन्स र रिभेन्ज फ्लेभरको छ । यो चलचित्रको यही ७ कार्तिकफूलपातीको दिन रिलिजको घोषणा गरिएको छ ।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा फिल्मका कलाकारहरु जाहान्वी बस्नेत, जयकिशन बस्नेत, सलोन बस्नेत, रियाशा दाहाल, नीर शाहलगायत फिचर्ड छन् ।

समिर मियाँको निर्देशन रहेको फिल्ममा शोभित बस्नेत निर्माता छन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् । निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् ।

फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।