आज २२५३ जनामा कोरोना, १३२९ जना डिस्चार्ज


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असोज

आज आईतबार नेपालमा २ हजार २५३ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न ल्याबमा १२ हजार ७८४ जनाको कोरोना परिक्षण गर्दा २ हजार २५३ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमितको सँख्या ८६ हजार ८२३ जना पुगेको छ ।

यस्तै काठमाडौं उपत्यकामा आज १ हजार ४५९ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । जसमा काठमाडौंमा १ हजार ३१३ जनामा कोरोना सँक्रमण भएको छ । यस्तै ललितपुरमा १८७ जनामा र भक्तपुरमा ३९ जनामा कोरोना सँक्रमण पुष्टी भएको पनि डा. गौतमले बताएका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमण मुक्त भएर १ हजार ३२९ जना डिस्चार्ज भएका छन् । डा. गौतमका अनुसार योसँगै हालसम्म नेपालमा ६४ हजार ०६९ जना कोरोना मुक्त भईसकेका छन् । यस्तै यतीबेला देशका विभिन्न आईसोलेसनमा २२ हजार २१९ जना उपचाररत छन् । विभिन्न क्वारेन्टाईनमा ४ हजार २०३ जना रहेको पनि डा. गौतमले बताए ।

यस्तै पछिल्लो २४ घन्टामा नेपालमा कोरोना सँक्रमणबाट ७ जनाको मृत्यु भएको छ । जसमा ४ जना महिला र ३ जना पुरुष छन् । मृतक महिलाहरुमा चितवनका १ जना, मकवानपुरका १ जना, बाँकेका १ जना र कञ्चनपुरका १ जना रहेका छन् । यस्तै मृतक पुरुषमा काठमाडौंका १ जना, ललितपुरका १ जना र कञ्चनपुरका १ जना रहेका छन् । योसँगै हालसम्म नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ५३५ जना पुगेको छ ।