रानीको ढलक ढलकमा प्रहिल र रितु


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असोज

गायिका डा.रानी शाक्यले नयाँ नृत्य प्रधान गीत ’ढलक ढलक…’ को भिडियो सार्वजनिक गरेकी छिन् । अमेरिकाको मेरिल्याण्डमा बसेर लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा लागेकी रानीको यो गीतमा उनलाई प्रताप दासको युगल स्वरमा साथ दिएका छन् । गायिका शाक्यको आफनै युट्युब च्यानल मार्फत यो गीतको भिडियो सार्वजनिक गरेकी छिन् ।

हरि उप्रेतीको शब्द रचना र चन्द्र सिंह घलेको संगीत रहेको गीतको भिडियोमा प्रहिल कार्की र रितु पौडेलले अभिनय गरेका छन् । भिडियोमा युवा पुस्ताको प्रेम प्रस्तुत गरिएको छ । जसमा आवेश बज्राचार्यको छायाँकन माधव बेलबासेको सम्पादन, प्रहिल कार्कीको निर्देशन रहेको छ ।