प्रधानमन्त्री ओलीका ३ सल्लाहकार र प्रमुख स्वकीय सचिबलाई कोरोना सँक्रमण


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ असोज

काठमाडौं उपत्यकामा यतीबेला कोरोनाको महामारी समुदायमा फैलने क्रम जारी छ । यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका ३ जना सल्लाहकार र १ जना प्रमुख स्वकीय सचिबलाई कोरोना भाइरस पुष्टी भएको छ । प्रेस सल्लाहकार थापाले आफुलाई कोरोना सँक्रमण पुष्टी भएको जानकारी दिँदैगर्दा बाँकी अरुले पनि आफुहरुलाई कोरोना सँक्रमण पुष्टी भएको बताएका छन् ।

कोरोना सँक्रमण पुष्टी भएका बाँकी सल्लाहकारमा राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई रहेका छन् । यस्तै प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण पुष्टी भएको छ । शुक्रबार प्रधानमन्त्री ओलीका चालकदेखि सचिवालयका सल्लहकारसम्मको स्वाब परिक्षणका लागि दिईएकोमा सचिवालयका यी ४ व्यक्तिको कोरोना भाईरस पोजेटिभ पुष्टी भएको बनाउँदै प्रेस सल्लाहकार थापाले भने,‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ ।’

यसैगरी केही चालकहरुमा पनि कोरोना संक्रमण पुष्टी भएको थापाले बताएका छन् । यसरी सचिवालय देखि चालकसम्मको कोरोना पुष्टी भएपछि अब प्रधानमन्त्री ओलीको पनि स्वाव परीक्षण गरिने बताईएको छ ।