लाजको घुम्टीमा अमृत र संगीता


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ असोज

गायक अमृत क्षत्रीको संगीत र स्वरमा नयाँ गीत ‘लाजको घुम्टी’को भिडियो रिलीज भएको छ । गीतकार तथा समाजसेवी अम्बिका गुरुंगको शब्द रचनामा तयार भएको यो गीतको भिडियो युट्युबबाट रिलिज गरिएको हो ।

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । जसमा छायांकन बुद्द थापा र संपादन बिकास धमलाको रहेको छ ।

प्रेम दर्शाउने मेलोडियस गीतको भिडियोमा गायक क्षत्री र उनकी श्रीमती संगीता क्षत्रीले अभिनय गरेका छन् । यो जोडीले यसअघि ‘मग मग’ गीतमा एकसाथ अभिनय गरेका थिए ।

दुई महिना पहिले गायक क्षत्रीको ‘जहाजै चढेर’ बोलको गीत निकै रुचाईएको थियो । सो गीतले परदेशी नेपालीहरुको पीडालाई व्यक्त गरेको छ ।