पुष्प र सुमिको मोटीघाटी माया


ब्युटी न्युज नेपाल

काठमाडौं, १५ असोज 

पछिल्लो समय नायक पुष्प खडका म्युजिक भिडियोमा निकै ब्यस्त रहेको छन । त्यस्तै एक्सनस्टार रुपमा परिचित नायिका सुमि मोक्तान पनि म्युजिक भिडियो तथा डान्सिङ रियालिटि शो मा ब्यस्त रहेका छन । यी दुबै नायक नायिकाले पहिलोपटक संगै अभिनय रहेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मोटिघाटि माया…गीतमा मेलिना राई र कोशिश क्षत्रीको स्वर रहेको छ । सार्वजनिक भिडियोको सुरुमा सुमिको एक्सनलाइ देखाइएको छ । यसमा दुइको धमकेदार डान्स रहेको छ । गीतमा कोशिस क्षेत्रीको कम्पोज लेखु सहयात्रिको शब्द र उदयराज पौडेलको एरेन्ज रहेको छ । त्यस्तै भिडियोमा उत्तम हुमागाइको सिनेमाटोग्राफर रमेश थापाको सम्पादन सुरेन्द्र बस्यालको कोरियोग्राफर र हरि हुमागाइको निर्देशन रहेको छ ।