आज १५५९ सँक्रमित, काठमाडौं उपत्यामा आज ९०२ सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ असोज

नेपालमा आज बुधबार १ हजार ५५९ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न ल्याबमा १२ हजार २०५ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ५५९ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सँगै नेपालमा कोरोना भाइरसबाट हालसम्म ७७ हजार ८१७ जना सँक्रमित भईसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९०२ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । प्रवक्ता डा. गौतमका अनुसार काठमाडौँमा ६९७ जनामा, ललितपुरमा ११२ जनामा र भक्तपुरमा ९३ जनामा कोरोना सँक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ५७ जना सङ्क्रमित निको भएर घर फर्किएका पनि डा. गौतमले बताए । यो सँगै हालसम्म नेपालमा ५६ हजार ४२८ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । हाल देशभरका विभिन्न आईसोलेसनमा २० हजार ८९१ जना सँक्रमित उपचाररत छन् । यस्तै ५ हजार ४२८ जना क्वारेन्टिनमा रहेका पनि डा. गौतमले बताए ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सँक्रमणबाट थप ७ जना मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सक्रमणबाट मृत्यु हुनेको सँख्या ४९८ पुगेको छ ।