आज १५१३ जनामा कोरोना, काठमाडौं उपत्यकामै ९३४ सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ असोज

आज १३ असोजमा १ हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका स्वास्थ्य प्रयोगशालामा १० हजार ८९१ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५१३ जनामा कोरोना पुष्टी भएको हो । यो सँगै हालसम्म देशभर कोरोना सँक्रमितको कूल सँख्या ७६ हजार २५८ जना पुगेको छ ।

आज काठमाडौं उपत्यकामा ९३४ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । जसमध्ये काठमाडौंमा ७४७ जनामा, ललितपुरमा ११४ जनामा र भक्तपुरमा ७३ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना मुक्त भएर ७३१ जना घर फर्किएको पनि डा. गौतमले बताए । उनका अनुसार योसँगै नेपालमा कोरोना निको भई डिस्चार्ज हुनेको सँख्या ५५ हजार ३७१ पुगेको छ ।

यतीबेला देशभरका आईसोलेसनमा २० हजार ३९६ जना उपचाररत रहेका छन् । यसैगरी देशभरका विभिन्न क्वारेन्टिनमा ५ हजार ७७८ जना रहको पनि डा. गौतमले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा १० जनाको कोरोना सँक्रमणबाट निधन भएको छ । मृतकहरुमा ३ जना महिला र ७ जना पुरुष छन् । मृतक पुरुषमा मोरङका १ जना काठमाडौंका २ जना, महोत्तरीका १ जना, चितवनका १ जना र बाँकेका २ जना छन् । योसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ४९१ पुगेको छ ।