लक्ष्मी पूजाको जिन्दगी रिलिज 

ब्युटी न्युज नेपाल

काठमाडौं, १२ असोज

आगामी दशैंमा रिलिज जर्ने भनिएको नेपाली चलचित्र ‘लक्ष्मी पूजा’को बियोगान्त शैलीको गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । गीतमा अस्मिता जुरेली, जयकिशन बस्नेत, नीर शाहले अभिनय गरेका छन् ।

Posts Middle Ads (750px wide)

माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्ममा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ ।

 

After Posts Ad 2 (750px wide)
Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More