बिक्रम र सिर्जुको खोला खोल्सी…


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असोज

गायक तथा चलचित्र निर्माता बिक्रम जंग शाह र गायिका सिर्जु अधिकारीले नयाँ दोहोरी भाका ‘खोला खाल्सी हे माया…’को भिडियो सार्वजनिक गरेका छन् ।

काभ्रेका विभिन्न रमणीय स्थानमा यो गीतको भिडियो छायांकन गरिएको हो । गीतसँगै भिडियोमा स्थानीय लोक संस्कृतिलाई प्राथमिकता दिइएको छ ।यो गितको भिडियोलाई एस थ्रि के इन्टरट्रेनमेन्टको युट्युव च्यानलबाट रिलिज गरिएको हो । आईतबार रिलिज गरिएको यो गीतमा अमृत खातीको संगीत, बिक्रम जंग शाहकै शब्द रहेको छ । कमल सौरागको संगीत संयोजन यसमा रहेको छ ।

राष्ट्रिय संगीतकर्मी संघका महासचिव समेत रहेका बिक्रम जंग शाहले भिडियोबाट प्राप्त आम्दानीको २० प्रतिशत कलाकार सुलेमान शंकर ‘इकु’द्वारा संचालित स्नेहा बाल आश्रमलाई उपलब्ध गराउने घोषणा गरेका छन । गायक शाह र गायिका अधिकारीको टिमले निकै लामो समय सम्म लकडाउनको समयमा अभावमा रहेका नागरिकहरुलाई काठमाडौं खाद्यान्न वितरण गर्दै आएका छन् ।

यो गीतको भिडियोमा सागर गौतमको छायांकन, मनोज कार्कीको सम्पादन, शिशिर बुढाथोकीको निर्देशन रहेको छ ।  भिडियोमा बिक्रम जंग शाह, सिर्जु अधिकारी, सन्जिब ठकुरी, रिना थापा, रामकुमार नेपाली, सन्ध्या सानु, सुबास बजगाईं, उषा सुबेदी, बिनोद तामाङ, ऋतु तामाङ, राज गिरी, मालती घले, बिबस बस्नेत, वर्षा तामाङ, गोबिन्द गौतम, सलिना कार्की, अमृत खाती, आशिका खाती आदिको अभिनय रहेको छ ।