ए मेरो हजुर ४ मा अनमोलसँग दुर्गेश थापा


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ असोज

चलचित्रमा अभिनय गर्ने घोषणा गरेको केही समय नहुँदै गायक दुर्गेश थापा एक महत्वपूर्ण भूमिकामा नयाँ फिल्म ‘ए मेरो हजुर ४’मा जोडिएका छन् । सो फिल्ममा आईतबार उनी गायक र मुख्य एक भूमिकामा अनुबन्धित भएका छन् । यो चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रको छायाँकन आगामी शुक्रबारबाट सुरु गर्ने यसका निर्माता सुनिल कुमार थापाले बताएका छन् । यो चलचित्रको फागुनमा २५ प्रतिसत छायाँकन गरिएको थियो । अब बाँकी छायाँकन दशैंसम्म सक्ने लक्ष्य आफुहरुको रहेको पनि निर्माता थापाले बताएका छन् ।

यो चलचित्रमो दुर्गेशले एउटा गीत गाउने भए पनि उनको भूमिकाबारे खुलाईएको छैन । यो चलचित्रलाई झरना थापाले निर्देशन गर्दैछिन् । निर्देशक तथा अभिनेत्री झरना थापाका अनुसार ए मेरो हजुर ४ का लागि गायक र अभिनेताको रुपमा दुर्गेश आईतबार अनुबन्धित भएका हुन् । झरनाका अनुसार दुर्गेश यो फिल्ममा एउटा प्रभावशाली भूमिकामा प्रस्तुत हुँदैछन् ।