आज १५७३ जनामा कोरोना, थप १० जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ असोज

आज आईतबार नेपालमा १ हजार ५७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशभर १० हजार १२३ जनाको पिसीआर परीक्षण गर्दा १ हजार ५७३ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोनाबाट सँक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको पनि डा. गौतमले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पनि डा. गौतमले बताए । उनका अनुसार काठमाडौँमा ६३३ जना, ललितपुरमा १०४ जना र भक्तपुरमा ७२ जनामा कोरोना भाइरसको सँक्रमण पुष्टि भएको हो ।

नेपालमा यतीबेला विभिन्न आईसोलेसन सेन्टरमा १९ हजार १९ जना उचपाररत रहेको पनि डा. गौतमले बताएका छन् । यस्तै हाल विभिन्न क्वारन्टिनमा ६ हजार २८१ जना रहेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ८८५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म ५३ हजार ८९८ जना निको भई घर फर्किएको पनि डा. गौतमले बताए ।

नेपालमा कोरोना सँक्रमणबाट पछिल्लो २४ घण्टामा १० को मृत्यु भएको छ । योसँगै कोरोनाबाट मुत्यु हुनेको सङ्ख्या ४७७ पुगेको छ । मृतकमा ३ जना काठमाडौंका र २ जना ललितपुरका रहेका छन् ।