सरितालाई उत्कृष्ट गायन सम्मान, लिनालाई स्वागत


ब्युटी न्युज नेपाल
काठमाडौं, १० असोज

गायिका सरिता भारती सम्मानित भएकी छिन् । ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८ की बिजेता समेत रहेकी गायिका सरितालाई पछिल्लो समय गायनमा उल्लेख्य प्रगति गरेको भन्दै रोज सिप विकाश तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनका तर्फबाट बरिष्ट ब्युटिसियन तथा रोज सिप विकाशकी अध्यक्ष सुन्दरी कारंजितले सम्मानित गरेकी हुन् ।

रोज सिप विकाश तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवन र विलक्षण क्रियसन प्रा.लि.द्धारा आयोजित ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० सिजन ३ की बिजेता तथा सहभागीहरुलाई शुक्रबार काठमाडौंमा स्वागतसँगै प्रमाणपत्र प्रदान कार्यक्रम राखिएको थियो ।

ब्यटिसियन ट्यालेन्ट नेपाल २०१९ की बिजेता सरु जोशीले सञ्चालन गरेको सो कार्यक्रममा कोरियोग्राफर जयन सुब्बा मानन्धर, फेशन डिजाईनर इन्ता श्रेष्ठ, सञ्चारकर्मी सूर्य चन्द लगायत अतिथि थिए ।

पाँच वर्षदेखि गायनमा सक्रिय गायिका तथा ब्युटी न्युज नेपालकी समाचार संयोजक सरिता भारतीले पछिल्लो समय गायनमा उल्लेख्य प्रगति गरेको भन्दै सिप विकाश तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनका तर्फबाट ‘रोज नारी रत्न वर्ष उत्कृष्ट मौलिक लोक गायन सम्मान २०७७’ बाट सम्मानित गरिएको हो ।

सिप विकाश तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सुन्दरी कारंजितले कार्यक्रममा बोल्दै आफ्नो विधार्थीले यतिधेरै प्रगति गरेको देख्दा आफुलाई अत्यन्त खुसी लागेको र गायनमा सरिताको योगदानको कदर गर्दै सम्मान गरिएको बताईन । गायन, मोडलिङसँगै सञ्चारमा अझ धेरै प्रगतिको पनि उनले कामना गरिन् । कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै अध्यक्ष कारंजितले आउँदा दिनमा यसैगरी आफ्ना अरु पनि बिधार्थीलाई सम्मान गर्दै जाने बताईन् ।

सम्मानित गायिका एवम् ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८ की बिजेता सरिता भारतीले सोनी म्याडम, सिप विकाश तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवन र बिलक्षण क्रियसनको सहयोग एवम् प्रेरणाले आफु यो स्थानमा पुगेको बताईन् । यस्ता साथ सहयोग र सम्मानले आफु अझ धेरै माथि पुग्ने विश्वास उनले व्यक्त गरिन् ।

ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डंगोल, फस्ट रनरअप बन्दना मग्राती, सेकेन्ड रनरअप मिना लामा तथा विभिन्न उपाधि बिजेताहरुलाई उपाधिसँगै विभिन्न सबटाईटलको प्रमाणपत्र प्रदान गरियो ।

ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९, सिजन २ की बिजेता सरु जोशीले आफुले यो उपाधि जितेपछि धेरै कुरा सिक्ने अबसर पाएको बताईन् । यसले आफुलाई चिनाउनुका साथै ब्यक्तित्व विकाश सहित थुप्रै कुरामा सहयोग पुगेको छ भनिन् ।

ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०, सिजन ३ की बिजेता लिना डँगोलले यो उपाधिबाट आफुले धेरै मानसम्मान पाएको बताउँदै उपाधि बिजेता भएकाले आउँदा दिनमा अझ उल्लेख्य काम गर्दै जाने प्रतिवद्धता जनाईन् ।

यस्तै फस्ट रनरअप बन्दना मग्रातीले आफु यो प्रतियोगितामा आउनु अघि खुलेर बोल्न समेत अप्ठरो मान्ने बानी भएको तर अहिले राम्रो बक्ता भएको बताईन् । सेकेन्ड रनरअप मिना लामाले आफुले यो उपाधि जितेपछि नामसँगै फरक परिचय पाएको र यसले ब्युटिसियन पेशामा निकै फाईदा पुगेको बताईन् । सो स्वागत कार्यक्रममा ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०, सिजन ३ की बिजेता लिना डँगोलले वियजी भएको खुसीयालीमा प्रतियोगिताका २६ जना सहितलाई पार्टी दिएकी छिन् ।