आज १४९७ जनामा सँक्रमण, थप १९ जनाको कोरोनाबाट मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ असोज

नेपालमा आज बिहिबार नेपालमा १ हजार ४९७ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार भेटघाटमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको स्वाब परिक्षण गरिएको देशमा १ हजार ४९७ जनामा कोरोना सँक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सँक्रमितको कुल सँख्या ६९ हजार ३०१ जना पुगेको छ ।

डा. गौतमका अनुसार यतीबेला ६ हजार ५६५ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै यतिबेला देशमा १८ हजार ४३७ जना आइसोलेशनमा रहेको पनि उनले बताए ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ४५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या ५० हजार ४११ जना पुगेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना सँक्रमणबाट मृत्यु भएको पनि उनले बताए । जसमा १२ जना पुरुष र ५ जना महिला रहेका छन् । मृतक पुरुषहरुमा झापाका १ जना, धनुषाका २ जना, रौतहटका १ जना, भक्तपुरका १ जना, काठमाडौंका ३ जना, तनहुँका १ जना,दाङका १ जना, कपिलबस्तुका १जना र नबलपरासीका १ जना रहेका छन् । यस्तै मृतक महिलाहरुमा धादिङको १ जना, काटमाडौंको १ जना, भक्तपुरको १ जना, सुनसरीको १ जना र मोरङको १ जना रहेका छन् । यो सँगै कोरोनाबाट नेपालमा हालसम्म मृत्यु हुनेका संख्या ४५३ जना पुगेको पनि डा. गौतमले बताएका छन् ।