पहिरोले पाल्पाको फोक्सिङकोटमा ३ घर पुरीयो, ६ जना बेपत्ता


ब्युटी न्युज नेपाल
पोखरा, ८ असोज

लगातार ३ दिनको अविरल वर्षापछि बिहीबार विहान पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरो गएको छ । त्यो पहिरोले तीन घर पुरिँदा ६ जना बेपत्ता भएको जिल्ल प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले हालसम्म हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएका हुन् । जसमा हुमबहादुर गाहाको पाँच जना परिवार बेपत्ता भएका छन् । उनीहरुलाई सुतिरहेका बेला पहिरोले पुरेको पनि प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार मनबहादुरको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् ।
यसै पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए ।