आज ११२७ जनामा कोरोना, थप ७ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ असोज

नेपालमा आज बुधबार १ हजार १७२ जनामा कोभिड–१९ (कोरोना भाइरस) सँक्रमण भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा देशभर ९ हजार ४४९ जनाको पिसीआर परीक्षण गर्दा १ हजार १७२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६७ हजार ८०४ पुगेको पनि डा. गौतमले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौँका ४९२, ललितपुरका ५० र भक्तपुरका ९५ जना रहेका छन् ।

देशभरका क्वारेन्टिनमा आज ७ हजार १०४ छन् । यस्तै यतीबेला देशभरका विभिन्न आईसोलेसन सेन्टरमा १७ हजार ४१४ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुुक्त भएर १ हजार ८९३ जना घर फर्किएका छन् । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सँख्या ४९ हजार ९५४ जना रहेको छ ।

गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । जसमा १ जना महिला र ६ जना पुरुष रहेका छन् । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । मृतक महिलामा काठमाडौंकी १ जना हुन् । पुरुषहरुमा झापाका १ जना, सिराहाका १ जना, काठमाडौंका १ जना, ललितपुरका १ जना र बर्दियाका २ जना रहेका छन् ।