‘हिड्दा हिड्दै’ मा आकाश र रेखा, काठमाडौंमा भव्य मुहुर्त

ब्युटी न्युज नेपाल
काठमाडौं,५ असोज

गत साता काठमाडौंमा निषेधाज्ञा खुलेपछि कोरोना सँक्रमणले  बिगत ७ महिनादेखि ठप्प नेपाली चलचित्र उधोगमा गतिविधि सुरु हुन थालेकोे छ । यसैक्रममा चलचित्रसम्बन्धी पहिलो औपचारिक कार्यक्रम सोमबार राजधानीमा आयोजना गरियो । नयाँ चलचित्र ‘हिड्दा हिड्दै’ को शुभमुहुर्त कार्यक्रम गरिएको हो ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र मिलन आले मगरको निर्देशनमा निर्माण हुने प्रेमकथानक चलचित्र ‘हिड्दा हिड्दै’ को शुभमुर्हुत समारोेह गरियो । चर्चित संचारकर्मी नरेश भट्टराईले संचालन गरेका कार्यक्रममा उनले झण्डै ६ महिनापछि रंगपत्रकारको बाक्लो उपस्थिति भएको देख्दा निकै खुशी लागेको बताए । भौतिक दुरी कायम राख्दै करिब पाँच दर्जन संचारकर्मी उपस्थिति थिए ।

चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा सम्पन्न मुर्हुत सर्टमा आकाश, रेखा र सलोनले अभिनय गरेका थिए । मुर्हुत सर्टमा चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कार लामाले क्यामेरा स्वीन अन गरेका थिए भने अर्का पत्रकार तथा निर्देशक डब्बु क्षेत्रीले क्ल्याप दिएका थिए । त्यसैगरी, नरिवल फोड्ने काम भने चलचित्र पत्रकार संघका महासचिव तथा चलचित्र निर्देशक समीर बलामीले गरेका थिए ।

Posts Middle Ads (750px wide)

असोज दोश्रो साताबाट छायांकन थालिने ‘हिड्दा हिड्दै’ मा आकाश श्रेष्ठ, सलोन बस्नेत, बिकास थापाका साथमा नवनायिका रेखा शाह प्रमुख भूमिकामा छन् ।

काठमाडौ उपत्यका र तराइमा खिचिने फिल्ममा देव महर्जनको द्धन्द्ध निर्देशन, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, अमृत महरठ्ठाको मेकअप, निरञ्जन घिमीरेको ड्रेस,  मधुराज भण्डारीको हेयर ड्रेसिङ रहने छ । सुमनकुमार तण्डुकारले खिच्ने चलचित्रको निर्मातामा दिल लामा,  रामकुमार थिङ र पारस गुरुङ र प्रस्तुतकर्तामा सुशील पंगेनी छन् । चलचित्रको स्क्रिप्ट पनि पंगेनीले नै लेखेका हुन् ।

कार्यक्रममा अभिनेता आकाशले चलचित्रमा आफू लभर ब्वाइको भूमिकामा रहेको खुलाए । त्यसैगरी अर्का अभिनेता सलोनले चलचित्रमा आफू दर्शकलाई हसाउने तथा रुवाउने, दुवै प्रकारको चरित्रमा रहने बताए । नवअभिनेत्री रेखाले ‘हिड्दा हिड्दै’ ले आफूलाई कुशल अभिनेत्रीका रुपमा स्थापीत गर्ने बिश्वास ब्यक्त गरिन् ।

निर्देशक आलेले यो चलचित्रमा युवापुस्ताको प्रेमभावनालाई प्रस्तुत गरिने जानकारी दिए भने लेखक समेत रहेका प्रस्तुतकर्ता पंगेनीले दर्शकको रुचि अनुसारको चलचित्र बन्नेमा बिश्वस्त रहेको बताए । औपचारिक रुपमा मुर्हुत कार्यक्रम गरिनुअघि सोमबार बिहान आफूहरुले कोटेश्वरस्थित माता भगवतीको मन्दिरमा स्क्रिप्ट पूजा गरेको निर्देशक आलेले बताए । चलचित्रका अन्य केही कलाकार र एकजना हिरोइन छनौट हुन बाँकी रहेको बताइएको छ ।

 

After Posts Ad 2 (750px wide)
Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More