चलचित्र लक्ष्मीपूजा दशैंमा रिलिज गरिने


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असोज

चलचित्र ‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने भएको छ । फिल्मको यतिबेला उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको निर्माण पक्षले जनाएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा यो चलचित्र निर्माण भइरहेको छ ।

फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् । समिर मियाँले निर्देशन गरिरहेको फिल्ममा शोभित बस्नेत निर्माताको रुपमा छन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ ।

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।