आज ११५४ जनालाई कोरोना, सँक्रमणबाट थप १६ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असोज

आज सोमबार नेपालमा १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा ९ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएकामा १ हजार १५४ जनामा कोरोना सँक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको यस्तै डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १००५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा हालसम्म ४७ हजार २३८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको पनि प्रवक्ता गौतमले बताए ।

आज देशका विभिन्न आईसोलेसनमा १७ हजार ६११ जना उपचाररत छन् । यस्तै आज ७ हजार ४०३ जना विभिन्न क्वारेन्टिनमा रहेका पनि डा. गौतमले बताएका छन् ।

यस्तै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ पुरुष तथा ३ महिला रहेका छन् । मृतकहरुमा झापाका १, सुनसरीका १, पर्साका १, काठमाडौँका २, भक्तपुरका २, ललितपुरका २, मकवानपुरका २, चितवनका १, दोलखाका १, रुपन्देहीका १ र बाँकेका २ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ४२७ जना पुगेको छ ।