मिस्टर एन्ड मिस टिक टक प्रतियोगिता हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असोज

टिक टक चलाएर फेमस हुन चाहनेहरुका लागि मिस्टर एन्ड मिस टिक टक कम्पिटिसन हुने भएको छ । द जिएमआईले राष्ट्रव्यापी रुपमा अनलाईन बाटै टिक टक प्रतियोगिता आयोजना गर्न लागेको हो ।
यो प्रतियोगिताको लागि निर्णयकमा अभिनेत्री प्रियँका कार्की, हास्य अभिनेता किरण केसी र नृत्य निर्देशक कविराज गहतराजलाई चयन गरिएको छ । प्रतियोगीले पठाएको नृत्य, अभिनयको आधारमा मिस्टर एन्ड मिस टिक टक चयन हुनेछन् ।

प्रतियोगीहरुले अभिनय गरेको भिडियो टिक टकमा लोड गरेर त्यो भिडियो प्रतियोगितामा पठाउनु पर्ने आयोजकले जनाएको छ । आगामी २९ सेप्टेम्बरसम्म प्रतियोगीहरुले सहभागिता जनाईसक्नुपर्ने पनि आयोजक द जिएमआईले जनाएको छ । प्रतियोगितामा सहभागी हुन एक सय रुपैयाँ शुल्क राखिएको छ ।

नेपाली चलचित्र बृत्तमा नयाँ र प्रातिभावान कलाकार भित्राउन मिस्टर एन्ड मिस टिक टक प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ । यो प्रतियोगितामा उत्कृष्ट हुनेले एउटा चलचित्र, दुई ओटा म्युजिक भिडियोमा काम गर्ने अबसर प्राप्त गर्नेछ । यस्तै १ लाख ५० हजार रुपैयाँ पनि प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।

यो प्रतियोगितामा दोश्रो हुनेले एउटा वेभ सिरिज, एउटा म्युजिक भिडियोमा अभिनयको अबसर र १ लाख रुपैयाँ पाउने बताईएको छ । तेश्रो हुनेले एउटा म्युजिक भिडियोमा अभिनय अबसर र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।