आज १३२५ जनामा सँक्रमण, कोरोनाबाट थप १० को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असोज

नेपालमा आज आईतबार १ हजार ३२५ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका ल्याबमा ९ हजार ५८४ जनाको स्वाब परिक्षण गरिएकोमा १ हजार ३२५ जनामा कोरोना पुष्टी भएको हो । यो सँगै नेपालमा सँक्रमित ६४ हजार नाघेका छन् । हालसम्म नेपालमा संक्रमितको कुल संख्या ६४ हजार ११२ जना पुगेको पनि डा. गौतमले बताए ।

यस्तै आज काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोना सँक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा ६०२ जना, भक्तपुरमा १०१ जना र ललितपुरमा ६४ जनामा कोरोना सँक्रमण पुष्टी भएको पनि डा. गौतमले बताए ।

नेपालमा आज १७ हजार ४७८ जना आईसोलेसनमा रहेको पनि डा. गौतमले बताए । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ७ हजार ४५१ जना रहेको पनि डा. गौतमले बताए ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा गरी ९६६ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको सङ्ख्या ४६ हजार २३३ पुगेका डा. गौतमले बताएका छन् ।

यस्तै कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टमा देशभरमा थप १० जनाको मृत्यु भएको छ । मृतकहरुमा ४ जना पुरुष र ६ जना महिला रहेका छन् । मृतक पुरुषहरुमा धनुषाका १ जना, काठमाडौंका १ जना, चितवनका १ जना र रुपन्देहीका १ जना रहेका छन् । यस्तै मृतक महिलाहरुमा काठमाडौंका ३ जना, ललितपुरको १ जना, भक्तपुरको १ जना र पाल्पाको १ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ४११ जना पुगेको पनि डा. गौतमले आईतबार नियमित प्रेस ब्रिफिङमा बताए ।