आज १२०४ जनामा सँक्रमण, कोरोनाबाट मृतक ४०० नाघे


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असोज

नेपालमा आज शनिबार नेपालमा १ हजार २०४ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका ल्याबमा १० हजार ३३३ जनाको स्वाब परिक्षण गरिएकोमा १ हजार २०४ जनामा कोरोना पुष्टी भएको छ । यो सँगै नेपालमा सँक्रमित ६२ हजार नाघेका छन् । हालसम्म नेपालमा संक्रमितको कुल संख्या ६२ हजार ७९७ जना पुगेको पनि डा. गौतमले बताए ।

नेपालमा आज १७ हजार १२९ जना आईसोलेसनमा रहेको पनि डा. गौतमले बताए । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ७ हजार ७३५ जना रहेको पनि डा. गौतमले बताए ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा गरी १ हजार ४४७ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको सङ्ख्या ४५ हजार २३७ पुगेका डा. गौतमले बताएका छन् ।

यस्तै कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टमा देशभरमा थप ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ४०१ जना पुगेको छ ।