ब्युटी न्युज नेपाल
काठमाडौं, २ असोज

नेपालमा आधुनिक रेलवे सेवा सुरु भएको छ । नेपालका लागि नयाँ रेल भारतको हाजिपुरबाट शनिबार दिउँसो जनकपुर आइपुगेको छ । भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगरहुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनाएका छन् ।

अहिले २ वटा रेलगाडीबाट नेपालको सेवा सुरु गरिएको छ । यो रेलगाडी नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि शुक्रबार नै सो रेल नेपाललाई हस्तान्तरण गरिएको छ । छिट्टै रेल सञ्चालन गर्ने तयारी गरेको विभागले आवश्यक कर्मचारीका लागि विज्ञापन समेत खुलाएको छ ।