ब्युटी न्युज नेपाल
काठमाडौं, २ असोज

नेपालमा आज शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सँक्रमित भेटिएका छन् । आज मात्र नेपालमा २ हजार २० जनामा कोरोना सँक्रमण देखिएको छ । यो अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका ल्याबमा ११ हजार ४५८ जनाको स्वाब गरिएको परिक्षणमा २ हजार २० जनामा कोरोना पुष्टी भएको छ ।

आज काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना सँक्रमण देखिएको छ । यो अहिलेसम्मकै उच्च सँख्या होे । जसमा काठमाडौंमा ६९८ जना, ललितपुरमा ७९ जना र भक्तपुरमा ८२ जना सँक्रमित पुष्टी भएको पनि डा. गौतमले बताएका छन् ।
यो सँगै नेपालमा सँक्रमित ६१ हजार नाघेका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या ६१ हजार ५९३ जना पुगेको पनि डा. गौतमले बताए । नेपालमा आज १७ हजार ३८३ जना आईसोलेसनमा रहेको पनि डा. गौतमले बताए । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ७ हजार ७३६ जना रहेको पनि डा. गौतमले बताए ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा गरी ८७१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको सङ्ख्या ४३ हजार ८२० पुगेका डा. गौतमले बताएका छन् ।

यस्तै कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टमा देशभरमा थप ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमणबाटमृत्युहुनेको सँख्या ३९० जना पुगेको पनि डा. गौतमले बताएका छन् । मृतकहरुमा ५ जना पुरुष र २ जना महिला रहेको छन् । मृतक पुरुषहरुमा मोरङका २, काठमाडौंका १, भक्तपुरका १ र नवलपरासीका १ जना रहेका छन् । यस्तै मृतक महिलामा काठमाडौंका १ जना र ललितपुरका १ जना रहेका छन् ।