समिरको गीतमा बाबाले शिलास्मालाई मोहनी लगाए 


ब्युटी न्युज नेपाल

काठमाडौं, २ असोज

म्यासेन्जर ब्यान्डका गायक समीर हमालले आफ्नो स्वरमा नयाँ गीत मायाँ मायाँ…बजारमा ल्याएका छन् । यो गीतलाई शुशिल सापकोटाले लेखेका हुन् । गीतको संगीत पनि म्यासेन्जर ब्यान्डले नै गरेको हो ।

यो गीतको भिडियो आज रिलिज गरिएको छ । पछिल्लो समय एकपछि अर्को गीतको भिडियोबाट मोडलिङमा चर्चा कमाउँदै गरेकी मोडल शिलास्मा हमालले यसमा अभिनय गरेकी छिन् । शिलास्मासँगै यो भिडियो भाईरल अघोरी बाबा र हास्य अभिनेता महादेब त्रिपाठी रहेका छन् । महादेबको आफ्नो मायाँ हराउँदा ती मायाँ अर्थात शिलास्मालाई बाबाले मोहनी लगाएर आफ्नो बसमा पारेको कथा यो भिडियोमा प्रस्तुत गरिएको छ ।

रक पप शैलीको यो गीतको भिडियोमा मनिष महर्जनको छायाँकन, प्रविण श्रेष्ठको सम्पादन र आरबिके शरदको निर्देशन रहेको छ । भिडियोमा म्यासेन्जर व्यान्डका कलाकारसँगै अग्रज ड्रमर ज्योती घिमिरे पनि प्रस्तुत भएका छन् ।