पन्छी बनेर चर्चा कमाउँदै गायिका एलिना


ब्युटी न्युज नेपाल
काठमाडौं, २ असोज

यतीबेला दर्शकले गायिका एलिना चौहानका गीत पन्छी बनेर…लाई दर्शकले मन पराएका छन् । गीतमा सुदीप आत्रेयको शब्द र किरण माइकल घिमीरेको संगीत रहेको छ ।

लोकआधुनीक स्वादका गीत चल्तीमा रहेकीरहेको बेलामा एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको छ । फरज अर्पणले निर्देशन गरेको गीतको भिडियोमा गायिका एलिना स्वयम्,नम्रता अर्याल,गणेश पौडेल,सन्तोषकुमार थीनलगायतले अभिनय गरेका छन् ।

गीतको भिडियोमा धन कमाउने सपना बोकेर बिदेश पुगेका नेपाली चेलीले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ । निर्देशक अर्पणकै छायांकन र सम्पादन रहेको भिडियो आत्रेय प्रोड्क्सन युट्युव च्यानलबाट सार्वजनीक गरिएको हो ।

वास्वतिक घटनाहरुलाई गीतमा प्रतिबिम्बित गरिएको गीतकार सुदीप बताउछन् । गीतको भावअनुसार म्युजीक भिडियो निर्माण गरिएकाले दर्शकले क्रमशः मन पराउदै गएको धारणा उनको छ ।