आज नेपालमा १२४६ जनामा कोरोना सँक्रमण,


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असोज

नेपालमा आज बिहिबार नेपालमा १ हजार २४६ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका ल्याबमा गरिएको परिक्षणमा १ हजार २४६ जनामा कोरोना पुष्टी भएको छ । यो सँगै नेपालमा सँक्रमित ५९ हजार नाघेका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको पनि डा. गौतमले बताए ।

यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६१८ जना सँक्रमित भएका छन् । जसमा काठमाडौंमा ५०७ जना, लतिलपुरमा ६१ जना र भक्तपुरमा ५० जना सँक्रमित भएका हुन् ।

नेपालमा आज १६ हजार २४१ जना आईसोलेसनमा रहेको पनि डा. गौतमले बताए । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ७ हजार ८८३ जना रहेको पनि डा. गौतमले बताए ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा गरी १ हजार २४३ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको सङ्ख्या ४२ हजार ९४९ पुगेका डा. गौतमले बताएका छन् ।

यस्तै कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टमा देश भरमा थप ४ जनाको मृत्यु भएको छ । मृतकहरुमा ३ महिला र १ पुरुष छन् । मृतक महिलामा मोरङको १ जना, चितवनको १ जना र कैलालीको १ जना रहेका छन् । यस्तै मृतक पुरुषमा काठमाडौंका १ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३८३ जना पुगेको छ ।