कमल खात्रीको पानी पिउने बहाना….


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० भदौ

युवा गायक कमल खत्रीले आफ्नो नयाँ गीत पानी पिउने बहाना…को म्युजिक भिडियो दर्शक तथा स्रोतामाझ ल्याएका छन् । यसपटक पनि उनी आफैंले संगीतबद्ध गरेको गीतमार्फत स्रोतामाझ आएका हुन् ।

यो गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । कमल खत्री तथा यूआर स्टाइल प्रोडक्सनको प्रस्तुतीमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा दीपक घिमिरे, विशाल रेग्मी, गायक कमल खत्री तथा अभिनेत्री रियाशा दाहालले अभिनय गरेका छन् ।

यो गीतका शब्दहरु सुमन योञ्जनले रचना गरेका हुन् भने रिकेश गुरुङले यस गीतमा संगीत संयोजन तथा मिक्सिङ गरेका छन् ।