आज १४५९ जनामा सँक्रमण, थप ११ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० भदौ

नेपालमा आज मँगलबार १ हजार ४५९ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका ल्याबमा गरिएको १० हजार ३७५ जनाको परिक्षणमा १ हजार २४६ जनामा कोरोना पुष्टी भएको छ । यो सँगै नेपालमा सँक्रमित ५६ हजार नाघेका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको पनि डा. गौतमले बताए ।

आज देशभरमा सबैभन्दा बढी सँक्रमित काठमाडौंंमा पाईएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ६७६ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ ।
जसमा काठमाडौंमा ५५५ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । यस्तै भक्तपुरमा ८६ जनामा र ललितपुरमा ३५ जनामा कोरोना सँक्रमण पुष्टी भएको पनि डा. गौतमले बताएका छन् । यसरी काठमाडौंमा दिन दिनै कोरोना सँक्रमित बढीरहेका छन् ।

नेपालमा आज १५ हजार ७८९ जना आईसोलेसनमा रहेको पनि डा. गौतमले बताए । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ७ हजार २५० जना रहेको पनि डा. गौतमले बताए ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा गरी १ हजार २६२ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको सङ्ख्या ४० हजार ६३८ पुगेका डा. गौतमले बताएका छन् ।

यस्तै कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टमा देशभरमा थप ११ जनाको मृत्यु भएको छ । मृतकहरुमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् । मृतक महिलाहरुमा सिराहाकी १ जना, बाराकी १ जना, काठमाडौंकी १ जना र रुपन्देहीकी १ जना रहेका छन् । यसै गरी मृतक पुरुषहरुमा काठमाडौंका ३ जना, सर्लाहीका १ जना, बाराका १ जना, मकवानपुरका १ जना र कपिलबस्तुका १ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३७१ जना पुगेको छ ।