आज ११७० जना सँक्रमित, कोरोनाबाट थप १५ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ भदौ

नेपालमा आज सोमबार १ हजार १७० जनामा कोरोना भाइरस (कोभिड—१९) सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८८७ जनामा गरेको पिसीआर परीक्षणबाट १ हजार १७० जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ जना गरेको पुगेको पनि डा. गौतमले बताए ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५०२ जना कोरोना सँक्रमित भएका छन् । जसमा काठमाडौंमा ४४० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ४३ जना सँक्रमित भएका छन् ।

यस्तै डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म ३९हजार ५७६ जना कोरोना सँक्रमण मुक्त भएर अस्पतालबाट घर फर्किसकेका छन् ।

यतीबेला मुलुकभरका आइसोलेशनमा सेन्टरमा १५ हजार ३९३ जना उपचाररत छन् । नेपालका विभिन्न क्वारेन्टिनमा ६ हजार ८९२ जना रहेका पनि डा. गौतमले बताए ।

यस्तै नेपालमा पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । मृतकहरुमा १० जना पुरुष र ५ जना महिला रहेका छन् । मृतक महिलाहरुमा काठमाडौंको १ जना, गोरखाको १ जना, नवलपरासीको १ जना, पर्साको १ जना, कपिलबस्तुको १ जना रहेका छन् । मृतक पुरुषहरुमा मोरङको २ जना, काठमाडौंका ५ जना, ललितपुरका १ जना, भक्तपुरका १ जना, रामेछापका १ जना रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ३६० जना पुगेको पनि डा. गौतमले बताए ।