नेपालमा आज १०३९ सँक्रमित, कोरोनाबाट थप ९ को निधन


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ भदौ

नेपालमा आज आईतबार १ हजार ३९ एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ल्याबमा गरिएको परिक्षणमा १ हजार ३९ जनामा सँक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार १६५ नमूना परीक्षण भएका थिए ।

यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या हालसम्म जम्मा ५४ हजार १५९ जना पुगेको पनि डा. गौतमले बताए । यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कोरोना सँक्रमित फेरी बढेका छन् । काठमाडौं उपत्यकामा आज ५९७ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । जसका काठमाडौंमा ४८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जना सँक्रमित पुष्टी भएका छन् ।

हाल देशभरका विभिन्न आईसोलेसन सेन्टरमा १५ हजार ११७ जनाले कोरोनाको उपचार गराईरहेको पनि डा. जागेश्वर गौतमले बताएका छन् । यतीबेला देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ६ हजार ५३६ छ ।

यसैगरी आज विभिन्न जिल्लामा गरी ११७३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ३८ हजार ६९७ छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट ९ जनाको निधन भएको पनि डा. गौतमले बताएका छन् । मृतकहरुमा ६ जना पुरुष र ३ जना महिला रहेका छन् । मृतक महिलामा काठमाडौंका २ जना र कास्कीका १ जना रहेका छन् । यस्तै मृतक पुरुषहरुमा काठमाडौंका ४ जना, मोरङको १ जना र सिन्धुपालचोकका १ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३४५ जना पुगेका छन् ।